निर्देशक बाट सन्देश



Image
पाल्पा जिल्लालाई प्रशासनिक रुपमा ८ गाउँपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ । रुपन्देही, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र गुल्मी जिल्लाले घेरिएको छ ।
पाल्पा अस्पताल लुम्बिनी प्रदेशमा अवस्थित पहाडी जिल्लाहरू मध्ये एक हो। यो पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट ​​३८ किलोमिटर टाढा लुम्बिनी अञ्चलमा अवस्थित जिल्ला हो।
यो जिल्ला प्रसिद्ध तीर्थस्थल भगवती मन्दिरको लागि प्रसिद्ध छ। 
पाल्पा अस्पताल नेपालको एक अस्पताल हो। अस्पताल पाल्पा जिल्लाको सदरमुकाम
तानसेन बजारको मुटुमा रहेको छ । पाल्पा अस्पतालको क्षेत्रफल करिब ८ रोपनी छ । हाम्रो क्षमता: अस्पतालको बेड संख्या- 50, आकस्मिक बेड संख्या - 5, आकस्मिक सेवा पाल्पा अस्पतालमा 24 घण्टा उपलब्ध हुनेछ। पाल्पा अस्पताल – यो पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ४ मा अवस्थित प्रादेशिक सरकारी अस्पताल हो . यो नेपालकै सबैभन्दा पुरानो सरकारी अस्पताल हो (यो अस्पताल करिब १०० वर्षअघि बनेको मानिन्छ जसमा त्यतीबेलाको औषत बेड संख्या १५ शैयाको स्वास्थ्य केन्द्रको रुपमा मानिन्थयो र अस्पतालले निरन्तर रुपमा यो सेवा प्रदान गर्दै आएको थियो, आर्थिक वर्ष २०७६/७७ मा यस अस्पताललाई ५० शैयामा स्तरोन्नति गरीएको हो । आर्थिक वर्ष २०७६/७७ मा अस्पतालमा विभिन्न परिवर्तन र सुधार भएको छ । २४ सै
घण्टा प्रयोगशाला, एक्सरे तथा युएसजी सेवा, इलेक्ट्रोनिक कम्प्यूटराइज्ड प्रणाली, सामाजिक सेवा इकाई (एस एस यू) स्थापना, विभिन्न विभागमा सफ्टवेयर जडान, जेरियाट्रिक सेवा, डट्स सेवा, ओ सी एम सी सेवा, सीसी क्यामेरा र इन्टरकम स्थापना, मर्मत तथा
नवीकरण । ५० शैयाको अस्पतालको डीपीआरसहितको गुरुयोजनाको डिजाइन आर्थिक वर्ष ०७६/०७७ को उपलब्धि हो ।