पाल्पा जिल्लालाई प्रशासनिक रुपमा ८ गाउँपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ । रुपन्देही, अर्घाखाँची, स्याङ्जा, नवलपरासी र गुल्मी जिल्लाले घेरिएको छ ।
पाल्पा अस्पताल लुम्बिनी प्रदेशमा अवस्थित पहाडी जिल्लाहरू मध्ये एक हो। यो पूर्व-पश्चिम महेन्द्र राजमार्गबाट ३८ किलोमिटर टाढा लुम्बिनी अञ्चलमा अवस्थित जिल्ला हो।
यो जिल्ला प्रसिद्ध तीर्थस्थल भगवती मन्दिरको लागि प्रसिद्ध छ।
पाल्पा अस्पताल नेपालको एक अस्पताल हो। अस्पताल पाल्पा जिल्लाको सदरमुकाम
तानसेन बजारको मुटुमा रहेको छ ।
पाल्पा अस्पतालको क्षेत्रफल करिब ८ रोपनी छ । हाम्रो क्षमता: अस्पतालको बेड संख्या- 50, आकस्मिक बेड संख्या - 5, आकस्मिक सेवा पाल्पा अस्पतालमा 24 घण्टा उपलब्ध हुनेछ।
पाल्पा अस्पताल – यो पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ४ मा अवस्थित प्रादेशिक सरकारी अस्पताल हो . यो नेपालकै सबैभन्दा पुरानो सरकारी अस्पताल हो (यो अस्पताल करिब १०० वर्षअघि बनेको मानिन्छ जसमा त्यतीबेलाको औषत बेड संख्या १५ शैयाको स्वास्थ्य केन्द्रको रुपमा मानिन्थयो र अस्पतालले निरन्तर रुपमा यो सेवा प्रदान गर्दै आएको थियो, आर्थिक वर्ष २०७६/७७ मा यस अस्पताललाई ५० शैयामा स्तरोन्नति गरीएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा अस्पतालमा विभिन्न परिवर्तन र सुधार भएको छ । २४ सै
घण्टा प्रयोगशाला, एक्सरे तथा युएसजी सेवा, इलेक्ट्रोनिक कम्प्यूटराइज्ड प्रणाली, सामाजिक सेवा इकाई (एस एस यू) स्थापना, विभिन्न विभागमा सफ्टवेयर जडान, जेरियाट्रिक सेवा, डट्स सेवा, ओ सी एम सी सेवा, सीसी क्यामेरा र इन्टरकम स्थापना, मर्मत तथा
नवीकरण । ५० शैयाको अस्पतालको डीपीआरसहितको गुरुयोजनाको डिजाइन आर्थिक वर्ष ०७६/०७७ को उपलब्धि हो ।